दसैंमा यात्रुसँग मनलाग्दी भाडा असुली, रोकिएन चुल्ठे-मुन्द्रेको दादागिरि

  • सोमबार १० कात्िक २०८३ ०८:०१ AM
काठमाण्डु- चितवन टाँडीका रत्नप्रसाद खनाल दसैंमा घर जाने गाडीको खोजीमा फुलपातीका दिन कलंकी पुगे । कलंकीको माइक्रो स्टेशनमा रहेको गाडीमा चढे । जतिबेला उनी झसंग भए, त्यतिबेला माइक्रो बसमा यात्रु चढाउने दलालले उनीसँग हजार रुपैयाँ मागे । उनले सोधे, ‘भाडा त ६ सय ५० होइन र ?’ दलालले जवाफ दिए, ‘चाडपर्वमा कहाँ अरु बेलाको जस्तो