काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम कात्तिक १२ गते बिहीबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहणका लागि बोलाइएको छ । सभापतिमा निर्वाचित