प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १८ अर्ब नाघ्यो

  • सोमबार १० कात्िक २०८३ ११:०५ AM
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न बैङ्कका खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नौवटा वाणिज्य बैङ्कमा १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ रुपैयाँ मौज्दात छ । त्यस्तै, हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ ।