गुरुकुलदेखि गुगल युगसम्मको शिक्षण यात्रा

  • सोमबार १० कात्िक २०८३ १२:०० PM
गुरुकुलीन युगमा शिक्षकहरू ज्ञानका गंगासमान थिए। शिक्षामा अहिलेको जस्तो प्रविधियुक्त समय नभए पनि प्रकृतियुक्त परिवेश थियो। गुरु वचन अन्तिम सत्य र अकाट्य तथ्य हुन्थ्यो। गुरुज्ञानमाथि आशंका, अविश्वास र आलोचनाको कुनै गुञ्जायस थिएन। भगवान् र भक्तको जस्तो दूरी थियो। अहिले जमाना फेरिएको छ। अचेल ‘गुरु’ ‘सर’ मा परिवर्तन भएका छन् र शिष्य साथीत्वमा। अचेल विद्यार्थीले शिक्षकलाई सहजै सोध्न सक्छ– ‘सर, तपाईंको इन्स्टाग्राम अकाउन्ट छ ? ’ सायद यो प्रश्न अहिले प्राय सबै श