लागुऔषध बेचबिखनको आरोपमा महिला पक्राउ

  • सोमबार १० कात्िक २०८३ १२:०० PM
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। हल्लानगरस्थित २३ वर्षीया अस्मिता बोहोराको घरमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा शनिबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले घर खानतलासी गरेको थियो।खानतलासीका क्रममा कोठाको दराजमाथि राखिएको कालो रङको लेडिज ब्यागबाट प्लास्टिकसहित १० ग्राम १६० मिलिग्राम र प्लास्टिकबाहेक ९ ग्राम २४० मिलिग्राम तौलको ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार