बाढीले ३२ खानेपानी योजना ध्वस्त

  • सोमबार १० कात्िक २०८३ १२:०० PM
नुवाकोट : लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले प्रभावित पारेको नुवाकोटको विभिन्न स्थानमा पिउने पानीका संरचना ध्वस्त पारेको छ। पिउने पानीको संरचना ध्वस्त हुँदा सर्वसाधारणलाई समस्या परिरहेको छ।दुई महिना अगाडि अर्थात् गत भदौ १० गते बिहान १० बजे त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा क्षति गरेको हो। बाढीले ती स्थानीय तहमा रहेका ३२ वटा खानेपानीको योजना ध्वस्त बनाएको जिल्ला प्रशासन