वाग्लेको अभिव्यक्तिमा ज्ञवालीको आपत्ति, ‘नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवाद थिएन’

  • सोमबार १० कात्िक २०८३ ०५:४१ AM
काठमाण्डु- नेकपा एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। वाग्लेले चार दिनअघि नयाँदिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेपछि ज्ञवालीले उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र हितमा आँच पुर्‍याउन सक्ने टिप्पणी गरेका हुन्। ज्ञवालीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको