दशैँ बिदापछि काठमाडौँको जनजीवन लयमा, सडकमा बढ्यो चहलपहल

  • सोमबार १० कात्िक २०८३ ०६:१४ AM
दशैँको लामो बिदापछि सरकारी कार्यालय र संस्थाहरू सुचारु भएसँगै काठमाडौं उपत्यकाको जनजीवन फेरि आफ्नो पुरानै लयमा फर्किएको छ । दशैँ मनाउन गाउँ गएका सर्वसाधारणको फिर्ती र सेवाग्राहीहरूको आवतजावतका कारण सोमबार बिहानैदेखि बानेश्वर, माइतीघर, सिंहदरबार लगायतका प्रमुख चोक र सडकहरूमा सवारीसाधनको चाप बढेको हो । दशैँको टीका र बिदाको अवधिभर सुनसान देखिएका काठमाडौँका सडकहरूमा आज बिहानैदेखि