बरडाँडा (महोत्तरी) : खेतभरि हरियालीसँगै समृद्धिको सपना देखेका किसान अहिले बाली सखाप हुने पीडामा छन्। विडम्बना, रोगले अदुवा बाली मर्यो, तर त्यसको कारण पत्ता लगाइदिने कृषि प्राविधिक गाउँमा छैनन्। यहाँ विशेष गरेर गोलभेँडा, खुर्सानी र अदुवा उत्पादन हुन्छ। थोरबहुत धान र गहुँ पनि हुन्छ यहाँ। अहिले अदुवा भित्र्याउने बेला हो भने खुर्सानी र गोलभेँडामा फूल खिल्ने बेला हो। यसमा पनि त्यही अदुवाको जस्तै रोग त लाग्ने होइन भनेर किसान चिन्तामा छन्।२०३५ सालदेखि बसोबास सुरु भएको बरडाँडामा समस्या च