सुनसरी : सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ।इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द ईस्टन होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति छापा मारेको थियो। वडा प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जुवाखालबाट उनीहरूलाई पक्राउ गरेको इटहरीका डिएसपी शुबास हमालले ब