काठमाडौं : नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। आठ टोली, अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित अनुहार, बढ्दो पुरस्कार राशि र प्रविधिको प्रयोगले यसपटकको प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। एनपीएलको महत्व उपाधि जित्ने प्रतिस्पर्धा र विदेशी खेलाडीको उपस्थितिमा मात्रै सीमित छैन, नेपाली क्रिकेटले व्यावसायिकताको बाटो कति समातेको छ र त्यसले राष्ट्रिय टोली तथा नयाँ खेलाडीको विकासमा कस्तो योगदान दिन