काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खोलेको खुसीयाली छाए पनि देशका अधिकांश क्षेत्रमा बनेका अर्बौंका हवाई पूर्वाधार उपेक्षा र बेवास्ताको सिकार बनिरहेका छन्। अध्ययन, योजना र दूरदर्शिताबिना राजनीतिक पहुँचका आधारमा राज्यको ढुकुटी र वैदेशिक ऋण ओसारेर खडा गरिएका पूर्वाधारहरू अहिले बालुवामा पानी साबित भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को प्रतिवेदन २०२५ तथा अध्यावधिक तथ्यांकले पनि मुलुकको उड्डयन क्षेत्रमा भइरहेको बेथिति र स्रोतको