काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् । आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री शाहले भनेका छन्, ‘एनपीएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु ।