झापा । चाडपर्वका बेला जंगली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सुरक्षा सतर्कता बढाएको छ । सर्वसाधारण नागरिक दसैँलगायत चाडपर्वको उल्लासमा व्यस्त रहेका बेला हुनसक्ने मानवीय र भौतिक क्षतिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले हात्ती प्रभावित क्षेत्रमा