कुनै समय नेपालमा क्रिकेटलाई सीमित खेलका रूपमा हेरिन्थ्यो । क्रिकेट खेल्ने र हेर्नेहरूको जमात बढ्दै गए पनि यसलाई व्यावसायिक उद्योगका रूपमा विकास गर्ने सम्भावनाबारे पर्याप्त बहस हुँदैनथ्यो । तर टी–२० क्रिकेटको लोकप्रियता जब चुलियो तब नेपाली खेलप्रेमीहरुमाझ क्रिकेटप्रतिको दृष्टिकोण बदलियो । अहिले त्यो दृष्टिकोण फराकिलो बन्दै नेपाल प्रिमियर लिग (एनपीएल)सम्म आइपुग्दा परिवर्तनले बृहत गति लिएको