एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • सोमबार १० कात्िक २०८३ ०१:१९ AM
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुन लागेको हो । यी दुई टोलीबीचको प्रतिस्पर्धा आज साँझ ५ बजे सुरु हुनेछ । क्यानले हिजो आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता ५ मंसिरसम्म सञ्चालन हुनेछ । एनपीएलको‌ तेस्रो संस्करणको विजेताले १ करोड ५० ... The post एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै appeared first on Kalika Khabar.