२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५१४ जनालाई कारबाही

  • सोमबार १० कात्िक २०८३ ०२:०६ AM
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्र गतिमा ७३, हर्न निषेधमा ४, लेन क्रसमा २, अवस्था ठिक नभइको ८, एकतर्फीमा ३ र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । The post २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५१४ जनालाई कारबाही appeared first on Kalika Khabar.