दिल्लीमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमाथि प्रश्नै–प्रश्न

  • सोमबार १० कात्िक २०८३ ०७:०० AM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग समाप्त भएको भन्दै दिएको अभिव्यक्तिमाथि प्रश्न तेर्सिएको छ। प्रतिपक्ष दलमात्रै होइन समाजका प्रतिष्ठित व्यक्तिबाट यसको आलोचना भएको छ। वाग्लेको अभिव्यक्तिको राजनीतिक सन्देश, कूटनीतिक औचित्य र राष्ट्रिय हितमाथिको प्रभाव पार्ने उनीहरूको तर्क छ।भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डिय