एनपीएलमा पाकिस्तानी खेलाडी खेल्ने-नखेल्ने अन्योल

  • आइबार​ ९ कात्िक २०८३ ११:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ।पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो अब्जेक्सन लेटर' (एनओसी) प्रदान गर्नका लागि केही असमझदारी भएको छ