चितवनमा जिप दुर्घटना हुँदा १८ जना घाइते

  • आइबार​ ९ कात्िक २०८३ १०:०० PM
काठमाडौं : चितवनमा जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। आइतबार दिउँसो कालिस्टारबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप राप्ती नगरपालिका–५, चौकीडाँडास्थित भित्री सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका हुन्।दुर्घटनाका घाइतेमध्ये ७ जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको छ।