क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

  • आइबार​ ९ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : क्रिकेटको रोमाञ्च मैदानभित्र मात्रै सीमित हुँदैन। हरेक चौका–छक्कामा गुञ्जिने हुटिङ, मनपर्ने टिमको जितमा मनाइने खुसी र साथीभाइसँग बसेर खेल हेर्नुको उत्साह आफैँमा बेग्लै हुन्छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यही माहोल अब देशका विभिन्न सहरमा पनि देखिने भएको छ। एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा एनपीएलको रोमाञ्च अनुभव गराउने उद्देश्यले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो।कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल य