दसैं पर्व मात्र होइन, प्रेम र सद्भावको सुन्दर संगम

  • आइबार​ ९ कात्िक २०८३ ०९:०० PM
दसैं नेपालीहरूको महान् सांस्कृतिक तथा धार्मिक पर्व हो। दसैं आउँछ, घरआँगनमा खुसी लिएर, मनमनमा उमङ्ग भरेर टाढिएका सम्बन्धहरूलाई नजिक ल्याउने मीठो सन्देश बोकेर। गाउँबस्तीमा चहलपहल बढ्छ, परदेशिएका आफन्तको सम्झनाले मन भावुक बन्छ, घरका आँगनहरू लिपपोतले सजिन्छन् र हरेक मनमा एउटा छुट्टै उत्साह जाग्छ। तर के दसैँ यति मात्रै हो ? के दसैंको खुसी रातो टीका, पहेँलो जमरा, नयाँ लुगा र मीठा परिकारमै सीमित छ ?अवश्य होइन। दसैं त केवल एउटा पर्व होइन, यो प्रेम बाँड्ने, सद्भाव जगाउने, सम्बन्ध जोड्ने र मानवतालाई