सामसङ मोबाइल नेपालले आसन्न चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए १७ फाइभ जी’ खरिद गर्न चाहने ग्राहकहरूलाई २४ महिनासम्मको सहज किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराएको हो । कम्पनीका अनुसार ग्राहकहरूले अब न्यूनतम मासिक १,२२१ रुपैयाँको किस्ता तिरेर यो स्मार्टफोन खरिद गर्न सक्नेछन् ।