एनपीएलको पुरस्कार राशी ४० लाखले बढ्यो, विजेतालाई डेढ करोड रुपैयाँ

  • आइबार​ ९ कात्िक २०८३ ०७:५७ PM
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । अघिल्लो संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ४० लाख रुपैयाँले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थानमा रहनेले ३० लाख रुपैयाँ पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए । गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् ।