बेनिघाट सडक दोभानसम्म सुचारु गर्ने तयारी

  • आइबार​ ९ कात्िक २०८३ ०८:०० PM
गोरखा : बूढीगण्डकीको बाढीले क्षतिग्रस्त बेनिघाट, आरुघाट, लार्के सडक दोभानसम्म सुचारु हुने अवस्थामा पुगेको छ। गोरखा सडक योजना कार्यालयले लगातार १५ दिन काम गरेर दोभानसम्म सुचारु गर्न लागेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिए।आर्खेतबाट दोभानसम्मको खण्ड सडक योजना कार्यालयले र दोभानबाट सल्लेरीसम्मको खण्ड नेपाली सेनाले खुलाउनका लागि काम गरिरहेका छन्। दोभानसम्मको खण्डमा कतै लेदो पन्छ्याएर र कतै नदीको धार परिवर्तन गरी बगरबाट सवारी साधन चलाउन सक्ने बाटो बनाइएको कार्यालयले जनाएको छ।दोभानसम्