असोजमा ट्राफिक प्रहरीका ५४३४ सचेतना कार्यक्रम, साढे ४ लाख नागरिक लाभान्वित

  • आइबार​ ९ कात्िक २०८३ ०२:०४ PM
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको