नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाले भोटेकोशी नदीले थुपारेका सामग्रीहरूको उत्खनन नगर्न सचेत गराएको छ। प्रभावित क्षेत्रमा बाढीले बगाएर ल्याएका काठ, दाउरा, कवाडीजन्य वस्तु तथा अन्य सामग्रीहरू आफूखुसी सङ्कलन र ओसारपसार नगर्न नगरपालिकाले आग्रह गरेको हो।नगरपालिकाले सूचना जारी गर्दै यस्ता सामग्रीहरूको उत्खनन, सङ्कलन तथा ढुवानी गर्नुअघि नगरपालिकाको अनुमति लिनुपर्ने स्पष्ट पारेको छ। अनधिकृत रूपमा त्यस्ता सामग्री उठाउने तथा अन्यत्र लैजाने गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत नगरपालिकाले द