भक्तपुर – बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्र प्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्किएका हुन् । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए