बस्ती नजिकै पाटेबाघ देखिएपछि धपाउन दुई हात्ती परिचालन

  • आइबार​ ९ कात्िक २०८३ ११:२५ AM
महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा बस्ती नजिकै पाटेबाघ देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन दुई वटा हात्ती परिचालन गरेको छ । विगत चार–पाँच दिनदेखि उक्त क्षेत्रमा पाटेबाघ देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए । उनका अनुसार बाघको गतिविधि निगरानी गर्न उक्त क्षेत्रमा क्यामेरा जडान