काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजना अनुकूलन कोषबाट स्वीकृत भएका छन् । अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार तीनवटै परियोजना स्वीकृत गरेको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा