राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गरेका हुन् । बडादशैँको समापनका दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना