सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता

  • आइबार​ ९ कात्िक २०८३ १०:४१ AM
यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडकाले बताए । दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ