काठमाडौं : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदूर पहाडमा भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।