बैतडीमा भूकम्पको धक्का महसूस

  • आइबार​ ९ कात्िक २०८३ ०९:२० AM
बैतडी – बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको छ । आईतबार दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प भएको हो । बैतडीसहित सुदूर पहाडमा भूकम्पको धक्का महसूस गरिएको थियो ।