मिथिलामा कोजाग्रत पूर्णिमा : जानकी मन्दिरमा भित्र्याइयो १०८ भार पाहुर

  • आइबार​ ९ कात्िक २०८३ ०९:२२ AM
जनकपुरधाम–मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट १०८ वटा ‘पाहुर’ (सनेस–कोसेलीको भार) भित्र्याइएको छ । विगत १४२ वर्षदेखि अविच्छिन्न रूपमा चलिआएको यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो । महोत्तरीको रतौली