चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने सरकारको योजना

  • आइबार​ ९ कात्िक २०८३ ०८:१६ AM
काठमाडौँ । सरकारले बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने भएको छ । ऊर्जा मन्त्रालयले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, जलस्रोतको दिगो उपयोग तथा विपद् जोखिम न्यूनीकरणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गर्दै यस्तो योजना अघि सारेको हो । श्वेतपत्रअनुसार सरकारले चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना समेत बनाएको छ । हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित क्षति कम गर्न जोखिम न्यूनीकरणका उपाय अपनाउने सरकारको योजना छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको, हिमनदी पग्लिने क्रम तीव्र बनेको ... The post चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने सरकारको योजना appeared first on Kalika Khabar.