दाङ । दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानीअनुसार दूधको मूल्य पाउन नसक्दा समस्या भोग्नुपरेको छ । पशुपालनमा दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारमा खर्च बढ्दै गए पनि दूधको मूल्य सोहीअनुसार वृद्धि नहुँदा किसान मारमा परेका हुन् । दूध उत्पादन गर्ने किसानले न्यून मूल्य पाउने तर उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले