काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पाकिस्तानी टी–२० क्रिकेट टोलीका कप्तान साहिबजादा फरहानलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत ब्याटर फरहानलाई टोलीमा भित्र्याएको जानकारी दिएको हो । उनी कर्णालीमा अनुबन्ध हुने पाँचौँ विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले मार्क वाटलाई निरन्तरता दिएको थियो भने अकबर अली, अरिफुल