मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका प्रमूख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदाय सँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तिकरणका लागि