काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आइतबार नै सैन्य हमला हुन सक्ने बताएका छन् । इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार निर्माण गर्न नदिने स्पष्ट पार्दै उनले सैन्य कारबाही र सम्झौता दुवै विकल्प खुला रहेको बताएका हुन् । फ्लोरिडामा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँग ठूलो सम्झौता हुन सक्ने सम्भावना रहेको बताए ।