आश्विन शुक्ल पूर्णिमा : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

  • आइबार​ ९ कात्िक २०८३ ०५:४० AM
काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन आज नवदुर्गाको प्रसादस्वरूप टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम चलिरहेको छ । टीका थाप्न मान्यजनका घर जानेहरूको चहलपहलका कारण काठमाडौंका सडक तथा बजारमा मानिसको आवागमन बढेको छ । विजयादशमीका दिन कात्तिक ४ गते देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने क्रम आजसम्म जारी रहेको हो