हिमाली जिल्ला मुस्ताङको स्याउ आज नेपालको कृषि क्षेत्रको विशिष्ट पहिचान बनेको छ। मार्फा, टुकुचे, कोबाङ, जोमसोम, ठिनी, स्याङ, चिमाङ ,छैरो र वारागुङमुक्ति क्षेत्रगाउपालिकाका गाउँहरुको स्याउ बगैँचाले मुस्ताङलाई देशभर चिनाएका छन्। तर मुस्ताङमा स्याउ खेतीको यो पहिचान एकैपटक स्थापित भएको होइन। नुन र ऊनको व्यापारमा निर्भर हिमाली समाज, जीविकोपार्जनको संघर्ष, सरकारी प्रोत्साहन, किसानको मेहनत, यातायातको विस्तार