बेग्लै छ आधार शिविर सडकको कथा

  • आइबार​ ९ कात्िक २०८३ ०९:०० AM
ओखलढुंगा : ‘विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथाको आधार शिविर लुक्लामा सडक पुग्यो, चल्न थाल्यो गाडी। अब सगरमाथा जान सहज।’ केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको नाममा खोलिएको मन्त्री सुनील लम्साल नाम गरेको फेसबुक पेजबाट यो पोस्ट सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा एकाएक चर्चा सुरु भयो। कसैले ‘सगरमाथाको आधार शिविर नै सरेछ कि’ भन्दै व्यंग्य गरे भने रास्वपाका समर्थकहरूले ‘३५ वर्षमा हुन नसकेको काम वर्तमान सरकारले ७ महिनामै गरेर देखायो’ भ