रसुवा : लेन्देखोला हुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिका ४ र ५ का खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। त्रिशूली नदीनजिकै पैरेबेंसी, खाल्टे, नौबिसे, कैदलेटारमा खेती योग्य समथर फाँट र बस्ती पनि रहेको थियो।धान भित्र्याउने समय नजिकिँदै गर्दा बाढीले धानबालीसहित खेतमा क्षति पुर्याएपछि स्थानीय किसानको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ। स्थानीयका अनुसार पैरेबेंसी क्षेत्रमा धानबाली भित्र्याउने समय भए पनि बाढीले धान फल्ने खेतसमेत बगाएको