काठमाडौं : यमनका हुथी विद्रोहीहरूले साउदी अरबको रणनीतिक 'पूर्व-पश्चिम' तेल पाइपलाइन, विभिन्न तेल प्रशोधन केन्द्र तथा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।थी सैन्य प्रवक्ता याह्या सारीले एक विज्ञप्ति जारी गर्दै साउदी अरबका धेरै संवेदनशील तथा रणनीतिक स्थानहरूमा आफ्नो समूहले ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जानकारी दिएका छन्।हुथी समूहका अनुसार यान्बुस्थित साउदी आरामकोको संरचना, राबिघमा रहेको तेल प्रशोधन केन्द्र र पूर्व-पश्चिम