तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले नियुक्तिपछि पहिलोपटक देशका न्यायपालिका प्रमुखसँग भेटवार्ता गरेका छन्। अहिलेसम्म सार्वजनिक रूपमा उपस्थिति नजनाएका खामेनीले इरानी न्यायपालिकालाई केही दिनअघि भेट गरेको जनाएको छ। न्यायपालिका प्रमुख घोलामहुसैन मोहसेनी एजेईले खामेनीसँग भेट गरेको इरानी न्यायपालिकाको समाचार वेबसाइट मिजान अनलाइनले जनाएको हो। तर भेट भएको समय र स्थान सार्वजनिक गरिएको छैन। मिजान