काठमाडौँ : इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सैन्य कारबाहीका कारण एक हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।इजरायली सेनाले हेब्रोनका ऐन देर बहा र फार्श अल–हावा क्षेत्रमा केन्द्रित रहेर घर, व्यावसायिक भवन, औद्योगिक स्थल तथा पूर्वाधारमा तोडफोड गरेको हो । सार्वजनिक भएका दृश्यमा बुल्डोजरले भवनहरू भत्काएको र कम्तीमा एउटा सडक आसपासका संरचना पूर्ण रूपमा ध्वस्त भएको देखिन