फ्रान्सको निसमा प्रदर्शनकारीमाथि दक्षिणपन्थी समूहको आक्रमण, ६३ जना पक्राउ

  • आइबार​ ९ कात्िक २०८३ ०४:०० AM
काठमाडौं : फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए ।निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन् । उनले प्रहरीमाथि पनि हिंसात्मक आक्रमण भएको उल्लेख गर्दै दोषीलाई