काठमाडौं : फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्किएपछि प्रहरीले विभिन्न सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा एक हजार जनालाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन् ।बिबिसि रिपोर्टका अनुसार फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । तीमध्ये एक लाख १० हजार जना राजधानी पेरिसमा भेला भएका थिए ।गत साता भएका प्रदर्शनका क्रममा हिंसा, तोडफोड र लुटपाटका घटना भएपछि सरकारले यस सप्ताहान्तमा सुरक्षा