फिलिपिन्समा दुई सैनिक विमान आकाशमै ठोक्किए, चारै पाइलटको मृत्यु

  • शनिबार ८ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका दुई विमान आकाशमै ठोक्किएर दुर्घटना हुँदा चार जना पाइलटको मृत्यु भएको छ। शुक्रबार दिउँसो राजधानी मनिलाको दक्षिणमा पर्ने बाताङ्गास प्रान्तको लिपा सहरस्थित फर्नान्डो एयर बेसमा दुर्घटना भएको हो। कम उचाइमा उडिरहेका दुईवटा एसएफ-२६० विमान एकआपसमा ठोक्किएपछि एयर बेसमा खसेका थिए। दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्तिहरू भने घाइते नभएको अधिकारीहरूले बताएका छन्।फिलिपिन्सको वायुसेनाले दुर्घटनालाई आकस्मिक भने पनि यसको विस्तृत कारण सार्वजनिक गरेको